भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

दार्चुला । भारतले धौलीगंगा बाँध खोलेको छ ।

उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो ।

बाँध आज बेलुका ७ बजेसम्म खोलिनेछ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोलेको जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँध खोलेपछि महाकाली नदीमा जलसतह बढ्ने भएकाले नदी छेउछाउ नजान जिल्ला  प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हाे।

तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पाेखरेलले आग्रह गर्नुभएको छ ।

दार्चुलाको व्यास गाउँपालिका ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म  सम्मकाे तटीय क्षेत्रमा सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

२०७० सालमा धौलीगंगा बाँधका कारण दार्चुला सदरमुकाममा क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?