मालिकार्जुनका पहिरो पिडितलाई राहत वितरण ( फोटो फिचर )

दार्चुला । रेटक्रसले मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ र ७  डिन्सि र सलेती गाउँका पहिरो पिडित १० परिवारलाई राहत वितरण गरेको छ।

राहत पाउनेमा विसनदत्त पन्त, जयदत्त पन्त, रामदत्त पन्त, अम्बादत्त पन्त, दलि राम लुहार, नयन राम टमटा, दाशिराम लुहार, रामसिह धामी, दानसिह धामी र विरराम लुहार रहेका छन् ।

प्रतेक पिडित परिवारलाई एक थान त्रिपाल, एक थान कम्बल, एक सेट भाडाकुडा, १५ मिटर कपडा र दुई थान धोती वितरण गरिएको छ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, नेपाल प्रहरीका डिएसपी पदम बहादुर बिष्ट, अनुसन्धानका डिएसपी प्रज्वल खड्का, महाकाली कोरिडोर आयोजनाका प्रमुख अच्युत विलास पन्त र नेपाल रेटक्रस सोसाइटी दार्चुला शाखाका मन्त्री दिपक प्रसाद अवस्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?