दार्चुला । दार्चुलामा १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
जिल्लाको नौगाड गाउँपालिकाका ३५ वर्षीय पुरुषले आइतबार राती आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुुरेन्द्र प्रसाद जोशीले बतानुभयो ।
आईतबार राती बलात्कार गरेको आरोपमा पिडीतका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला पुगाएको छ ।
पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको र म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।