दार्चुला । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकाले झण्डै छ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गर्नुभएको हो ।

महासङ्घले लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज पूर्णरुपमा मिनाहा गर्न र कोभिड(१९ बाट प्रभावित उद्योगी, व्यापारीलाई बचाउन पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गरेको छ ।

एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्नसमेत माग समेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?