दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिका ४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

सिप्टी प्रहरी चौकीले नौगाड गाउँपालिकाका स्थानीय विक्रमसिह धामीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्रको वनबाट सिकार खेलेर फर्किने क्रममा प्रहरीले एकनाल भरुवा बन्दुकसहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

जंगलमा सिकार खेल्न गएर फर्किने बेला सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी कमाण्डर रामबहादुर बोहरा टोलीले धामीलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्छ । पक्राउ परेका धामीलाई प्रहरीले हातहतियार खरखजनाको मुद्धा चलाउने जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?