दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ का कारण पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्न कठिन देखिएकाले सबैको सल्लाहमै मिति सारिने बताउनु भएको छ ।उहाँले महाधिवेशनमा स्वस्थ र निष्पक्ष प्रतिस्पर्धा गराउन आफू तयार रहेको स्पष्ट पनि पार्नुभयो ।

संविधानले तोकेको अवधिभित्रै महाधिवेशन गर्न आफू पूर्णप्रतिबद्ध रहेको बताउँदै सभापति देउवाले भन्नुभयो, ‘‘महाअधिवेशन तोकिएकै समयमा हुनुपर्छ । म त समयमै गर्ने पक्षमा छु तर कोरोनाका यत्रो महामारी छ, त्यसैले सार्नुपर्ने हुन सक्छ, त्यसलै सबैको सल्लाहमै मिति सारिने छ ।’’कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुने तय भएको छ ।कांग्रेस केन्द्रीय कार्यालयले बुधबार बी.पी. कोइरालाको १०७ औं जन्म जयन्तीको सन्दर्भ पारेर आयोजना गरेको ‘बीपी विचार ः समुन्नतिको मूलबाटो’ विषयका अभौतिक गोष्ठीलाई सम्बोधन गर्नु हुँदै पूर्व प्रधानमन्त्री देउवाले बीपीले देखाएको बाटो कहिल्यै नछाडेको बताउनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सर्वसम्मत् नेतृत्वका लागि पहल गरौं, त्यसमा म तयार छु, आवश्यक आधारहरू तय गरौं र त्याग गर्नुपर्ने अवस्था आएमा सबैले तयार हुनुपर्छ भन्नुभयो । एकता न्याय, निष्पक्ष र पारदर्शी हिसाबले मूल्याङ्कनका आधारमा हुनुपर्ने जोड उहाँको छ ।

उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्वको चयन सर्वसम्मत गर्नुपर्छ भन्दै कांग्रेसले वैचारिक नीतिमा पार्टीमा एकता हुनैपर्छ भन्नुभयो । अर्का उपसभापति विजयकुमार गच्छदारले १४ औं महाधिवेशन एकताबद्ध भएर स्वस्थ प्रतिस्पर्धाका आधारमा गर्ने वातावरण सिर्जना गर्न सबै लाग्नुपर्ने विचार राख्नुभयो ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीमा एकजुट भएर जानुको विकल्प छैन भन्दै १४ औं महाधिवेशनपछि गुटउपगुटको अन्त्य हुनेदाबी गर्दै आफू बीपीको पथ चिह्नबाट अगाडि बढ्ने अठोट व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?