दार्चुला । सुन्धारास्थित केन्द्रीय कारागारका पाँच कैदीको कोभिड– १९ का कारण निधन भएको छ ।केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा संक्रमण देखिएको छ ।

जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार निधन हुने सबै कैदी दीर्घरोगी थिए ।कारागारमा कोरोना जोखिम भएपछि दीर्घरोग भएका कैदीबन्दीलाई छुट्टै राखिएको छ ।

केन्द्रीय कारागारमा तीन हजार दुई सय ५७ कैदीबन्दी छन् । जसमध्ये हालसम्म दुई सय २० जनाको मात्र परीक्षण भएको छ ।लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिएको बाँस्कोटाले बताउनुभयाे ।

जेलमा पर्याप्त परीक्षण नहुँदा झन् जोखिम बढेको कैदीबन्दीको गुनासो छ । केन्द्रीय कारागारको सुरक्षामा खटिएका ६० जना प्रहरीमा पनि संक्रमण देखिएको थियो । जसमध्ये अधिकांश निको भइसकेका छन् ।

देशभरका कारागारमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

सर्वाेच्च अदालतले गम्भीर प्रकृतिका केही मुद्दाका कैदीबाहेकलाई २५ प्रतिशत कैद छुट दिएर छाड्न आदेश दिएको छ ।तर, सर्वाेच्चको आदेश सरकारले कार्यान्वयन गरेको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?