दार्चुला । मालिकार्जुन गाउँपालिकाको विभिन्न वस्तीमा बाढि, पहिरोबाट विस्थापित २१ घर परिवारलाई नेपाल रेटक्रस सोसाइटी दार्चुला शाखाले शुक्रबार राहत वितरण गरेको छ । यसअघि मालिकार्जुनका २० परिवारलाई राहत वितरण गरिएको रेटक्रसको तथ्याङ छ ।

यो बर्ष गत साउन ५ गतेदेखि आएको बाढि, पहिरोबाट विस्तापित मालिकार्जुन गाउपालिकाका विभिन्न बस्तीहरुका कुल ४१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको रेटक्रस दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थीले जानकारी दिनुभयो । यसअघि नौगाड, व्याँस लगायत विभिन्न स्थानीय तहका पिवद् प्रभावित परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । प्रतेक परिवारलाई १५ मिटर कपडा, एक थान त्रिपाल, एक सेट भाडाकुडा र एउटा बाल्टीन हस्तान्तरण गरिएको छ ।


शुक्रबार शंकरपुरमा आयोजित राहत वितरण कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, उपध्यक्ष पुष्पा अवस्थी, वडा नम्बर ८ का वडाअध्यक्ष प्रेमराज पन्त, रेटक्रस दार्चुलाका सभापती गोपाल सिह महरा, मन्त्री दिपक प्रसाद अवस्थी, रेटक्रस मालिकार्जुन उपशाखा प्रमुख प्रेमसिह धामी, शंकरपुर उपशाखा प्रमुख उमेश सिह धामी लगायतको सहभागिता रहेको थियो । विपद्बाट प्रभावित परिवारलाई मानविय सहयोग गरेकोमा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले धन्यबाद व्यक्त गर्नुभयो ।

शुक्रबार राहत वितरण गरिएका परिवारकाे तथ्याङक हेर्नुहाेस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?