दार्चुला । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठक पछि उहाँले एमसिसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गरेर यसबारे छिट्टै निर्णय गरिने बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले २०७६ माघ १५ र १९ गतेको केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझाव सहितको प्रतिवेदनलाई ध्यानमा दिएर एमसिसीबारे निर्णय लिने पनि बताउनुभयो ।
पार्टीले यसबारेमा छिट्टै निचोड निकाल्ने र वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसिसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय गरिने उहाँले जानकारी दिनुभयाे ।