२० वर्षपछि बाजुरा–धनगढी हवाई सेवा सुरु

दार्चुला । करिव २० वर्षपछि बाजुराको प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ।शुक्रबारदेखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले धनगढीबाट उडान भर्न सुुरु गरेको छ।

समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताउनुभयाे ।

२० वर्षअघि बाजुराको कोल्टीदेखि धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वकालको समयमा विमानस्थलमा आक्रमण भएपछि हवाई सम्पर्क अवरुद्ध भएको थियो।बाजुरा नेपालगंजसँग हवाई सेवामा जोडिएपनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन।

धनगढीसँग हवाई सेवामा जोडिएपछि यहाँका नागरिकलाई प्रदेश राजधानी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?