कुलमानको कार्यकाल सकियो,कार्यकाल थप्ने वा अर्कै व्यक्तिलाई नियुक्त गर्ने बारेमा कुनै निर्णय भएन

दार्चुला । चार वर्ष अघि २९ भदौमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको कार्यकाल सकिएको छ।

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको कार्यकाल आइतबारदेखि सकिएको हो।

लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका घिसिङलाई कार्यकारी निर्देशकका लागि निरन्तरताका लागि जनदबाब बढेको थियो तर आइतबारसम्म सरकारले घिसिङलाई नै  दोहोर्याउने वा अर्कै व्यक्तिलाई नियुक्त गर्ने भन्ने बारेमा कुनै निर्णय गरेको छैन।

सोमबारदेखि प्राधिकरणको नेतृत्व खाली भएकोले कसैलाई निमित्त दिनुपर्ने भए पनि दिइएको छैन। सोमबार बस्ने मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने चर्चा चलेपनि आइतबारसम्म भने यसबारे मन्त्रालयबाट कुनै प्रस्ताव गइसकेको छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?