दार्चुला । बैतडी जिल्ला तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भईसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शुन्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो । ३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले बताउनुभयाे ।

बैतडीमा अहिले सम्म ४ हजार १२९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ । अहिलेका लागि सक्रिय संक्रमित शुन्य छन् ।

अझै पनि कोरोनाको जोखिम कायमै भएकाेले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेकाेमा स्वास्थ्यकर्मीहरुले जाेड दिएका छन् ।

संक्रमणकाे जाेखिम कायमै भएकाेले बैतडीमा भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा जारि गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?