दार्चुला । सरकारले विदेशी नागरिकका लागि भिसा खुलाएको छ ।

कोरोना महामारी र काठमाण्डौ उपत्यकामा भएको निषेधाज्ञाका कारण रोकिएको भिसा सेवा भदौ २८ गतेदेखि पुनः सुरु गरिएको अध्यागमन विभागले जनाएको छ । गएको चैतदेखि देशव्यापी रुपमा भएको लकडाउन खुलेपछि गएको असार ११ देखि विभागले भिसा सेवा पनि सुरु गरेको थियो ।

तर कोरोनाको जोखिम बढेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएपछि फेरि भदौ ४ गतेदेखि स्थगित भएको थियो । तर काठमाण्डौमा निषेधाज्ञा खुकुलो भएसँगै फेरि भिसा सेवा पनि सुरु गरिएको विभागको भनाइ छ ।

पर्यटक, गैरपर्यटकदेखि कामदार भिसा र भिजिट भिसासमेत विभागले जारी गर्न थालेको छ । यस्तै लकडाउनका कारण भिसाको अवधि सकिएर पनि आफ्नो देश फर्कन पाएका विदेशी नागरिकका लागि सरकारले भोलि अर्थात सेप्टेम्बर १५ सम्मको जरिवाना माफ गरिदिएको छ ।

भोलिसम्म आफ्नो देश फर्कने नागरिकले कुनै पनि शुल्क तिर्न पर्दैन । यो अवधिमा पनि फर्कन नसक्नेले ३ डलर शुल्क तिरेर मंसिर मसान्तसम्म भिसाको अवधि बढाउने सक्ने पनि अध्यागमनले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?