दार्चुला । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको ’राष्ट्रिय बाल दिवस २०७७’ आज मनाइएको छ । दिवसका अवसरमा कतै औपचारीक त कतै भर्चुअच विधिबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । यो महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउ दर बढाउने चुनौती कायमै छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुव्र्यवहार, गैह्रकानुनी ओसारपसारजस्ता बालअधिकार विरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण र विद्युतीकरण आदि सुधार हुनुपर्ने सुझाव दिएको छ । बालदिवसको अवसरमा राष्टपति विद्यादेबि भण्डारी, प्रधानमन्त्री केपी सर्मा ओली लगायतले शुभकामना सन्देश दिएका छन् ।

यसैबिच मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीमा बाल दिवसको अवसरमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नवज्वोती बालक्लब मार्मा गाउँपालिका ६ शेरीद्धारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा लिलि मञ्च शेरी प्रथम स्थान हात पार्न सफल भएको छ । मल्लो शेरी द्धितिय र बथ्थी टीम तृतिय भएको छ ।

अपि पथ प्रर्दशक माबि शेरीमा आयोजना भएको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमलाई प्रमाणपत्र र कापी पुरस्कार प्रदान गरिएको छ । नवज्वोती बालक्लबका अध्यक्ष शन्तोष सिह महराको अध्यक्षतामा आयोजित प्रतियोगितामा माबि शेरीका शिक्षक बिरेन्द्र सिह महरा प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा बालक्लबका संस्थापक सल्लाहकार मनोज महरा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?