दार्चुला । सुदूरपश्चिम प्रदेशमा सोमवार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीका ११, डोटीका ८, अछामका चार र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीका पाँच जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ७ का दुई जना, वडा नम्वर ३, ५ र १४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको हो।

सूचना अधिकारी श्रेष्ठले घोडाघोडी नगरपालिका वडा नम्वर १० का चार जना, गोदावरी नगरपालिकाका दुई जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुई जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे ।

डोटीमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४९ जनाको परीक्षण गर्दा डोटीका ८ र अछामका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयाे।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ३६ पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?