दार्चुला । दार्चुला सदरमुकाम खलंगाको गल्फै क्षेत्रमा आइतबार एक जना प्रहरी हवलदार मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन ।

आईतबार गल्फै बजार क्षेत्रमा प्रहरी हवलदार नन्दराज भट्ट मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भट्ट सवार से ५ त ६०९४ नम्बरको मोटरसाइकल चिप्लीएर दुर्घटनामा भएको थियो । दुर्घटनामा परि घाईते भट्टको टाउकोमा चोट लागेको छ । भट्टको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारका लागि उहाँलाई नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

उक्त सडकको छेउमा नाली ढाक्ने स्लेव राखिएको र सडक साघुरो भएका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?