जग्गा कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न आदेश

दार्चुला । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको छ।

अदालतले सोमबार एक अल्पकालीन आदेशमा सरकारलाई जग्गाको कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो। अधिवक्ता सन्तोष भण्डारीले हालेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मलता माथेमाको इजलासले तत्कालका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले गरेको मन्त्रिस्तरीय उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालका अनुसार यो अल्पकालीन आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असोज ६ गते बोलाइएको छ। जग्गा कित्ताकाट खुलाउने निर्णय तत्काललाई रोक्न यो अल्पकालीन अन्तरिम आदेश दिईएकाे हाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?