दार्चुला । बैतडीमा पीसीआर मेसिन जडानको कार्य सम्पन्न भएको छ। जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर मेसिनबाट असोज १ गतेदेखि कोरोनाको परिक्षण सुरु हुने भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ।

प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर सिंहले बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?