दार्चुला । सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्रीसरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

खतिवडाले गएको भदौ १९ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । खतिवडाले सांसद नभइ ६ महिनासम्म मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको कारण राजीनामा दिनुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडाको ठाउँमा वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमझ सिफारिस गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?