दार्चुला । सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउने निर्णय गरेको हो । तर गाडी चलाउँदा सरकारले तोेकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो ।

यसैबीच सरकारले बढी जमघट हुने सार्वजनिक स्थल, धार्मिक स्थल, मनोरञ्जन स्थल र खेलकुद मैदान तत्काल नखुल्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?