दार्चुला । किशोरीमाथि बलात्कार गरेकोमा आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बझाङको बित्थडचिर गाउँपालिका घर भएका कलकबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बोहराले बझाङ घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

भदौ २६ गते किशोरीले दिएको जाहेरीको आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिष्टले जानकारी दिए।

पक्राउ परेका बोहरा बझाङको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?