कांग्रेसका महामन्त्री शशांक आइसियूमा, बेला-बेलामा अक्सिजन दिइँदै

दार्चुला । कोरोनाभाइरसको संक्रमण भएका बेला ज्वरो आएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आइसियूमा राखिएको छ।

ओम अस्पतालको आइसियुमा उपचार भइरहेका कोइरालाको ज्वरो नियन्त्रणमा आएको छ।कोइरालाको स्वास्थ्य अवस्था सामान्य हुदै गएको उपचारमा संलग्न ओम अस्पतालका मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाले बताउनुभयाे।’उहाँ स्टेबल हुनुहुन्छ।

डराइहाल्नुपर्ने स्थिति छैन।अक्सिजन मेन्टेन भएको छ। ज्वरो नियन्त्रणमा आएको छ,’ कोइरालाले भन्नुभयाे,’अहिले ठिकै नै हुनुहुन्छ।अक्सिजन बेला-बेलामा जरूरत पर्‍यो भनेमात्रै दिने हो। अहिले दिएको छैन।’हेरचाह गर्न सजिलो होस् भनेर आइसियुमा राखेर उपचार गरिएको समेत उहाँले बताउनुभयाे ।

भिआइपी व्यक्ति भएकाले उपचारमा सजिलो हुन्छ र भीडभाडबाट जोगाउन सजिलो हुन्छ भनेर आइसियुमा राखिएको अस्पताल स्रोतले जनाएको छ । कोइरालालाई गत भदौ २३ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमण भएपनि उहाँलाई लक्षण देखिएको थिएन।

लक्षण नदेखिएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएकाे थियाे ।ज्वरो आएपछि कोइरालालाई मंगलबार राति अस्पताल लगिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?