दार्चुला । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो ।

मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन ।

अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद् कंडेलले बताउनुभयो ।नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । मनसुन २ दिनमात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न सक्ने उहाँले बताउनुभयो ।

मनसुन सकिनका लागि देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ । तर अहिले देशभर नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् कंडेलले बताउनुभयो ।

देशका अरु ठाउँमा भने दिनभर बादल लागेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

राति प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?