दार्चुला । जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्नुभएकाे हाे ।
सुदूरपश्चिम प्रदेश सरकारको ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयाे।
बैतडीमा परीक्षण सुरु भएसंगै डडेल्धुरा र कैलालीमा स्वाब पठाउनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ।
पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयाे ।
छिमेकी जिल्लामा पीसीआर प्रयोगशाला सञ्चालनमा आएपछि दार्चुलामा समेत काेराेना परीक्षण दर बढ्ने र रिपाेर्ट छिटाे आउने अपेक्षा गरिएकाे छ ।