दार्चुला । बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ । खोलामा आएको बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति पुर्‍याएकाे प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?