बाढीले तीन जना बेपत्ता, १० घरसहित केही घट्ट र पुलमा क्षति

दार्चुला । बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ । खोलामा आएको बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति पुर्‍याएकाे प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?