दार्चुला । दार्चुलामा मार्मा गाउँपालिकाका २० जना सहित एकै दिन २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

डडेल्धुरा प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा दार्चुलाका दुई जना महिलासहित २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ ।

संक्रमण पुष्टि हुनेमा मार्मा गाउँपालिकाका ३२, २५, ४४, ३९, ३०, २६, २८, ५०, ३२, ४२, ५५, ३०,  ३०, ३२, ३४, ३२, २०, २५ वर्षीय गरि १८ जना पुरुष र २२ र २८ वर्षीया महिला रहेका छन् । र्मामा गाउँपालिकामा काेरानो संक्रमण पुष्टि भएका सबैलाइ मार्मा-४ तपोवनको क्वारेन्टाइनमा राखिएको छ । मार्मामा संक्रमण पुष्टि भएका सबै केहि दिन पहिले भारतबाट फर्किएका थिए ।

यस्तै महाकाली नगरपालिकाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । याे संगै दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ८० जना पुगेको छ । जसमध्ये २६ जना संक्रिय सक्रमित रहेका  छन् ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?