दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपा दार्चुलाले संगठन विस्तार गर्न थालेको छ । एकतापछि निस्कृर्य जस्तै रहेको नेकपा दार्चुलाको कार्यालय बैठकले पार्टीको गतिविधि बढाउन विभिन्न निर्णय गरेको छ । विभिन्न विभागका प्रमुख र सदस्यहरुको समेत टुगों लगाइएको छ ।

नेकपा कार्यालय दार्चुलाको शनिबार बसेको बैठकले विभिन्न विभागहरु गठन गरेको छ । नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीको अध्यक्षतामा बसेको बैठकले विभागहरु गठन गरेको नेकपा दार्चुलाका सचिव उदयसिह बडालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेता ज्ञानेन्द्र घर्तीको संयोजकत्वमा १५ सदस्यिय संगठन विभाग चयन गरिएको छ । संगठन विभागका सदस्यहरुमा चरनसिह बुढाथोकी, कल्यानसिह धामी, पदमराज पन्त, पानसिह धामी, नगेन्द्र तिंकरी, मनोरथ भट्ट, खडकसिह धामी, हरकसिह ठगुन्ना, रामदत्त जोशी, विजयसिह धामी, देवसिह महर, धनीराम ठगुन्ना, धर्मानन्द मन्याल र नारायण भट्ट चयन भएका छन् ।

नेता चरनसिह बुढाथोकीको संयोजकत्वमा उद्योग तथा निर्माण व्यवसायी गठन गरिएको छ । समितिका सदस्यहरुमा जहेन्द्रसिह ऐतवाल, जयबहादुर पाल, रामदत्त जोशी, मंगलसिह ठगुन्ना, केशवसिह धामी र बिशनसिह बोहरा रहेका छन् ।

कल्यानसिह धामीको संयोजकत्वमा जनवर्गीय विभाग गठन गरिएको छ । विभागका सदस्यहरुमा कमला पन्त विष्ट, उमेशराज जोशी, जनकसिह ठगुन्ना, मान बहादुर विक र गणेशकुमार जोशी रहेका छन् । पानसिह धामीको संयोजकत्वमा पार्टी स्कुल विभाग गठन गरिएको छ । स्कुल विभागको सदस्यहरुमा शेरसिह धामी, धर्मानन्द मन्याल, कृष्णसिह धामी रहनुभएको छ ।

आर्थिक विभागको नेतृत्वमा पार्टी सचिव उदयसिह बडाल चयन भएको नेकपा दार्चुलाले जनाएको छ । खडकसिह बडालको संयोजकत्वमा गठन भएको प्रचार विभागमा ताराकेशरी कुवर, राजेन्द्रसिह बोहरा, कल्यानसिह खत्री र सुरेन्द्रसिह महता सदस्य रहेका छन् ।

नेकपा दार्चुलाको कार्यालय बैठकले आगामी चैतमा हुने महाधिवेशनको लागि संगठित सदस्यता नविकरण अभियान शुरु गर्ने निर्णय गरेको छ । मंसिर १५ गतेभित्र पार्टी संगठित सदस्यता नविकरण गर्ने तथा मंसिर मसान्तभित्र कार्यालयमा पेश गर्न निर्देशन गरिएको पार्टी सचिव बडालले बताउनुभयो । नेकपाको कार्यालय व्यवस्थापनको जिम्मेवारी पार्टी अध्यक्ष गणेशसिह खत्री र सचिव उदय बडाललाई दिइएको छ ।

आइतबार जनप्रतिनिधी र स्थानीय तहका इन्चार्ज, सह इन्चार्जसँग समेत बैठक गर्ने सचिव बडालले बताउनुभयो ।

यसैबिच नेकपा दार्चुलाको कार्यालय बैठकले नेकपाका नेता कार्यकतालाई सार्वजनिक रुपमा मदिरा सेवन गर्न तथा जुवातास खेल्न प्रतिबन्ध लगाएको छ । सार्वजनिक रुपमा मदिरा सेवन गर्न र जुवातास खेलेर पार्टी जीवनमा असर पर्ने काम नगर्न नगराउन नेता कार्यकर्ताहरुलाई निर्देशन गरेको छ ।

नेकपा दार्चुलाले पार्टीका जिम्मेवार कार्यकर्ताले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी, स्टाटस राख्न पनि रोक लगाएको छ ।

पार्टी हित विपरित यस्ता गतिविधि गरेको पाइएमा पार्टीको विधानअनुसार कार्वाही गरिने नेकपा दार्चुलाका अध्यक्ष गणेशसिह खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?