एकैदिन २० जना संक्रमित भेट्टिएपछि मार्मामा फेरि निषेधाज्ञा (प्रशासनकाे पत्रसहित)

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार २० जना कोरोना संक्रमित भेट्टिएकाे मार्मा गाउँपालिकामा निशेधाज्ञा जारी गरेकाे छ ।

वडा नम्बर ४ तपोबन मावि पडपडाको क्वारेन्टाइनमा रहेका ३५ जनामध्ये १९ जना र होमक्वारेन्टाइनमा रहेका १ जना गरी २० जनामा कोरोना सक्रमण देखिएपछि संक्रमित भेट्टिएकाे क्षेत्रमा निशेधाज्ञा जारी गरिएकाे प्रशासनले जनाएकाे छ ।

प्रशासनले मार्मा गाउँपालिकाको वडा नम्बर ३ लटिनाथ बजार, वडा नम्बर २ लाम्बगर, घट्टेगाड, सिमार र वडा नम्बर ४ को रेला बजार क्षेत्रमा अत्यावश्यक सेवा र कार्य बाहेकका क्रियाकलापहरुमा रोक लगाउने गरि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोनाकाे जाेखिम कायमै रहेकाेले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन र नअपनाएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?