अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ

अछाम। अछामको साँफेबगर नगरपालिका ९ बुढाकोटमा एक बालकको हत्या भएको छ ।

वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताउनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिनुभयो । पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा ल्याइएको छ ।

यस्तै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार बालकको मुख र टाउकोमा चोट लागेको छ ।

मृतक बालकका बुवाको ८ वर्ष अघि निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?