सुदूर पहाडका ४ जिल्लामा हवाई सेवा सञ्चालन गरिदै

दार्चुला । गत चैत ११ गतेदेखि कोरोना भाईरसको रोकथामका लागि बन्द गरिएको धनगढी– काठमाडौँ–धनगढी हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ।

सरकारले असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय गरेसँगै प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी–काठमाडौँ नियमित हवाई उडान सुरु गरिन लागेको हो।

धनगढी काठमाडौँ मात्र नभएर अबदेखि धनगढीबाट प्रदेशका अन्य पहाडी जिल्लामा समेत उडान भर्ने तयारी थालिएको छ। अहिले धनगढी–बाजुरा चार्टड उडान गरिरहेको समिट एयरले बझाङ, बैतडी र डोटीका लागि समेत उडान थाल्ने तयारी गरेको छ।

तत्काललाई परीक्षण उडान र चार्टड उडान गरिएपनि विस्तारै साप्तहिक रुपमा कार्य तालिका अनुसार सबै जिल्लामा हवाई सेवा सञ्चालन गरिने समिटि एयरका सुदूरपश्चिम प्रतिनिधी हर्कबहादुर मल्लले बताउनुभयाे ।

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडान सेवा सञ्चालन भए आर्थिक विकाससँगै पर्यटन प्रवद्र्धन र आवातजावतमा सहजता हुने विश्वास गरिएको छ।

२७ वर्षदेखि बन्द रहेकाे दार्चुलाकाे गाेकुलेश्वर विमानस्थल भने अहिलेसम्म सञ्चालनमा आउन सकेकाे छैन् । चालु आर्थिक वर्षमा विमानस्थल सञ्चालनका लागि बजेट विनियाेजन गरिएकाे भएपनि काम शुरु भएकाे छैन् । विमानस्थल सञ्चालनका नहुँदा यहाँका समस्याहरु बढ्नुका साथै सम्भावनाहरु आेझेलमा परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?