महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली । कैलालीमा महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिनुभयाे ।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?