दार्चुला । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?