बझाङमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक सहित तीन गम्भीर घाईते

दार्चुला । बझाङमा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा गएराती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा सोही ठाउँका ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा थप तीन जना घाईते भएका छन्को । घाईते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नेत्रबहादुर बोहोराले जानकारी दिनुभयाे। उनीहरुको अवस्था गम्भीर रहेको छ।

तीनै जनालाई थप उपचारका लागि धनगढी पठाईएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?