
दार्चुला । सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको पाइएको छ ।
सरकारले स्वास्थ्य मापदण्डको पालना गरी गाडी चलाउन भने पनि चालक, सह चालक र यात्रुले समेत लापरबाही गर्ने गरेका हुन् । यातायात व्यवस्था विभागले गाडीमा एक लहरमा एक जना मात्रै बस्ने, अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्नेलगायतका मापदण्ड तोकेको भए पनि मापदण्ड अनुसार गाडी नचलाउँदा कोरोनाको जोखिम बढेको छ ।
कतिपय गाडीले सिट क्षमताभन्दा पनि बढी यात्रु राखेको, यात्रुले पनि मास्क बिना नै गाडीमा यात्रा गर्ने गरेको समेत भेटिएको छ । ट्राफिक प्रहरीले सुरक्षा सावधानी अपनाएर गाडी चलाउन आग्रह गर्दै आएको जनाएको छ । त्यस्तै अटेरी गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन यातायात व्यवस्था विभागले पनि आग्रह गरेको छ ।