दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका युवाहरुले बरामद गरेको मदिरा प्रहरी र नजप्रतिनिधिको रहोबरमा नष्ट गरिएको छ ।

जागृति युवा समाज अन्तरगत सञ्चालित समाज सुधारका लागि युवा एकता अभियान समाज लेकम १ सर्मोलीमा आवद्ध युवाहरुले आइतबार बिहान सर्मोलीबाट ओसारपसार भइरहेको अबैध मदिरा बरामद गरेका थिए । मदिरा ओसारपसारमा संलग्न मानिस भागेपछि युवाहरुले लेकम गाउँपालिका र ईलाका प्रहरी कार्यालय रिठाचौपातालाई खबर गरेका थिए । सोधिखोजी गर्दा बरामद गरिएको मदिरा लेकम गाउँपालिका वडा नम्बर २ का आनसिह धामीको भएको पुष्टि भएपछि धामीलाई प्रहरीले बोलाएको थियो ।

आइतबार मदिरा व्यापारी धामी उपस्थित नभएपछि सोमबार उहाँका दाई अम्बर सिह धामीको उपस्थिति तथा प्रहरी हवल्दार तेज बहादुर खड्का र वडा नम्बर १ का निर्वाचित सदस्य गोपाल सिह कार्कीको रहोबरमा ४ पेटी मदिरा नष्ट गरिएको समाज सुधारका लागि युवा एकता समाजका सदस्य दिपक बिष्टले जानकारी दिनुभयो ।

मदिरा ओसारपसार गर्ने धामीलाई २५ सय रुपैँया जरिवाना तिराएर दोस्रो पटक मदिरा ओसारपसार तथा बेचबिखनमा नगर्ने सर्तमा छोडिएको स्थानीय दिपक साउँदले बताउनुभयो ।

लेकम गाउँपालिका मदिरा निशेधित क्षेत्र भएपनि गाउँ गाउँमा मदिरा ओसारपसार तथा बेचबिखन कार्य भइरहेको छ । यस्तो कार्य गर्ने गराउनेलाई कार्वाही गर्ने र समाजमा फैलिएका बिकृति विसंगती नियन्त्रण गर्ने उद्धेश्यले समाज सुधारका लागि युवा एकता समाज काम गरिरहेको समाजका अध्यक्ष महादेब साउँदले जानकारी दिनुभयो ।

बैतडीमा अबैध बिडि सहित लोकमका २ जना पक्राउ

बैतडीमा अबैध रुपमा भन्सार छली ल्याएको २ पेटी बिडी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान ६ बजे प्रहरीले जिल्लाको दोगडाकेदार गाउपालिका ६ पन्ज्युनयाबाट अबैध बिडि सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले बताउनुभयो ।

प्रहरी चौकी गोकुलेश्वरबाट प्रहरी नायब निरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको टोलीले उक्त अबैध बिडि सहित दुबै जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालीका वडा नं. २ गराडीका ४२ बर्षीय हर्क सिंह कार्की र सोही ठाउका २६ बर्षीय कृपा राम सार्की रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको बिडि भन्सार कार्यालय झुलाघाटमा बुझाएको र पक्राउ परेका दुबै जना माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?