दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य इकाई केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य करारका कर्मचारीहरुले ६ महिनादेखिको तलब पाएका छैनन् ।

माघ महिनादेखिको तलब नपाउदा दैनिकी चलाउन समेत समस्या भएको स्वास्थ्य ईकाई केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको गुनासो छ । स्वास्थ्य इकाई केन्द्रमा कार्यरत एक जना अहेबले तलब नपाएको गुनासो गर्दै भन्नुभयो, २०७६ साल पुस महिनासम्मको तलब पाइएको हो । माघ देखि हालसम्म तलब नपाउदा घरखर्च चलाउन मुस्कील भइरहेको छ ।

नगरपालिकाबाट मासिक रुपमा १३ हजार रुपैया तलब बाहेक थप कुनै सुविधा प्राप्त हुदैन, त्यहि १३ हजार समेत समयमै नपाउदा सास्ती भोग्नुपरेको छ । स्वास्थ्य इकाई केन्द्रमा कार्यरत करारका कर्मचारीहरुले १३ हजार तलब बाहेक कुनै पनि प्रोत्साहन सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

शैल्यशिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक चक्रसिह कार्कीका अनुसार नगरपालिकाभरी स्वास्थ्य संस्थाहरुमा ४२ जना कर्मचारी करारमा कार्यरत छन् । करारमा कार्यरात कार्यालय सहयोगी देखि कार्यालय प्रमुख कसैले पनि तलब पाएका छैनन् । स्वास्थ्य शाखा संयोजक कार्कीले कर्मचारीहरुले तलब नपाएको गुनासो गर्नु स्वभाविक भएपनि विभिन्न कारणले नगरपालिकाबाट समयमै तलब भुक्तानी गर्न नसकिएको जानकारी दिनुभयो ।

तलब निकासा प्रकृर्यामा रहेकोले अबको दुई हप्ता भित्र अर्थात दशै अगाडी नै सबै कर्मचारीले तलब पाउँने कार्कीले बताउनुभयो ।

शैल्यशिखर नगरपालिकामा गत बर्षसम्म ८ वटा स्वास्थ्य इकाई केन्द्र रहेकोमा यो बर्ष तीन वटा स्वास्थ्य इकाई केन्द्र थप गरेर ११ पुर्याइएको छ । एउटा बर्थिङ सेन्टर सञ्चालनमा छ । स्वास्थ्य क्षेत्रका मात्रै नभई नगरपालिकामा करार सेवामा कार्यरत कृषि, पशु लगायत विभिन्न क्षेत्रमा कार्यरत करार सेवाका कर्मचारीहरुले समेत तलब नपाएको गुनासो छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?