दार्चुला । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइरहेको सामान सशस्त्र प्रहरीकाे हात परेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुला मातहतको जौलजिवी बीओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणको भन्सार छली गरेर ल्याउदै गरेको सामान बरामद गरेको जनाएकाे छ ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ बाँकुको तम्घाट बगरबाट चामल, पिठो, आलु, अबैध कुखुराको मासु लगायतको सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयाे ।

भारतबाट ट्युब मार्फत महाकाली तारेर नेपाल भित्र्याइएको ३ क्वीन्टल चामल, ३ क्वीन्टल कुखुराको दाना, १ क्वीन्टल पिठो, ८० किलोग्राम आलु र २० किलो कुखुराको मासु बरामद गरिएको उहाँले बताउनुभयाे ।

भन्सार छलि गरेर नेपाल भित्र्याइएको २९ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको रहेको छ ।तस्करहरुले सशस्त्र प्रहरी आउन लागेको सुईको पाएर सामान छाडेर भागेकाे बताइएकाे छ ।

बरामद गरिएको उक्त सामानलाई छोटी भन्सार कार्यालय दार्चुलाको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?