दार्चुला ।  बैतडीको पुर्चौंडी नगरपालिकाले असोज ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेको छ ।

कोभीड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु यही असोज ७ गतेबाट सञ्चालन हुने पुर्चौंडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिनुभयो । लामो समयसम्म शिक्षणसंस्थाहरु बन्द हुँदा बालबालिकाहरुमा नकारत्मक असर पर्ने हुदा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका उहाँले बताउनुभयाे  ।

शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको उहाँकाे भनाई छ । नगरपालिकाभरीका सबै सामुदायिक विद्यालयहरुलाई पठनपाठन सुचारु गर्नका लागि परिपत्र समेत गरिसकेको नागरीले जानकारी दिनुभयाे ।

कोभीड १९ का कारण बालबालिकाहरुको शिक्षण सिकाई प्रभाव परेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी भएको शिक्षा शाखा प्रमुख नागरीले बताउनुभयो । यसअघि क्वारेन्टाइन तथा आइसोलेसन रहेका विद्यालयहरुमा निसंक्रमिकरण गर्ने र सरसफाई गर्ने कार्य सम्पन्न भएको शिक्षा शाखा प्रमुख नागरीले बताउनुभयो ।

नगरपालिकाभरीका ३९ ओटा विद्यालयमा क्वारेन्टाइन र आइसोलन निर्माण गरिएकाले ती सबै विद्यालयमा निसंक्रमिकरण र सरसफाई गरिएको उहाँले बताउनुभयो । नगरपालिकाभरी ७५ ओटा सामुदायिक विद्यालय रहेका छन ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?