दार्चुला । अनसनकै क्रममा जुम्लाबाट काठमाण्डौ पुगेका डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

नेपालगञ्जबाट काठमाण्डौ जानुभएका उहाँलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै ट्रमा सेन्टर लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल महाराजगञ्ज जान लाग्नुभएका केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको सुवेदीले बताउनुभयो ।

शिक्षण अस्पताल र वीर अस्पताललाई कोडिभ अस्पताल बनाइएकाले डाक्टर केसीलाई ट्रमा सेन्टर लगिएको प्रहरीको प्रतिक्रिया छ ।

गएको भदौ २९ गते जुम्लामा अनसन सुरु गर्नुभएका केसी सोमबार नेपालगञ्ज आउनुभएको थियो । जहाज नपाएपछि सोमबार नेपालगञ्जमै रोकिनुभएका उहाँ मङ्गलबार काठमाण्डौ जानुभइएको हो । उहाँले अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?