
दार्चुला । सुदुरपश्चिम दशनामी, नाथ योगी समाजले ब्लड क्यान्सर पिडित दिपेन्द्र पालको उपचारका लागी आर्थिक सहयोग गरेको छ ।
दार्चुला जिल्ला लेकम गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय ब्लड क्यान्सर पिडित दिपेन्द्र पालको उपचारको लागि सुदुरपश्चिम दशनामी, नाथ योगी समाजले ४० हजार छ सय ४० रुपैया आर्थिक सहयोग गरेको हो ।
सुदुरपश्चिम दशनामी,नाथ योगी समाजका संयोजक मधुसुदन नाथको नेतृत्वमा देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन भएको सहयोग रकम ४० हजार छ सय ४० रुपैया आज पारिवारका सदस्यलाई बैंक खाता मार्फत हस्तान्तरण गरिएको सुदुरपश्चिम दशनामी,नाथ योगी समाजका संयोजक मधुसुदन नाथले जानकारी दिनुभयो ।
कोरोना भाईरस कोभिड १९ का कारण प्रत्यक्ष रुपमा रकम हस्तातरण गर्न नसकिएको उहाँको भनाई छ ।
संकलन भएको सहयोग रकम पिडित दिपेन्द्र पालकी बहिनी जानकी पालको नाममा लक्ष्मी बैंक लेकम शाखा दार्चुलामा रहेको खाता नम्बर ०९०२३००५०१४ पठाएको सुदुरपश्चिम दशनामी, नाथ योगी समाज अभियानका संयोजक नाथले जानकारी दिनुभयाे ।
साथै उहाँले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले दिपेन्द्र पालको शीघ्र स्वास्थ्यको कामना गदै आम समुदायमा सहयोग गर्न समेत सुदुरपश्चिम दशनामी, नाथ योगी समाजले अपिल गरेको बताउनुभयो ।
ब्लड क्यान्सरबाट पिडित पाललाई आर्थिक सहयोग गर्न दिपेन्द्र पाल बचाऔ अभियान गत भदौ १५ गते बाट संञ्चालन गरिएको थियो । पाल अहिले काठमान्डौको सिभिल अस्तालमा उपचाररत रहेका छन ।