बझाङमा १२ बर्षीया बालिका मृत फेला

बझाङ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका मृत फेला परेकी छिन। १२ बर्षीया बालिका सम्झना कामी मृत फेला परेकी हुनु।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उनको शव फेला परेको मृतकका बाजे गोरख कामीले जानकारी दिनुभयाे।

मृतक बालिकाको शरीरभरी निलडाम भएकाले हत्या भएको आरोप उनले लगाएका छन्। नग्न अवस्थामा शव फेला परेको वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर खड्काले बताउनुभयाे।

बालिकाका बुबाआमा रोजगारीका लागी भारतमा छन्। यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। डीएसपी खड्काले बालीकाले कानका लगाएको मुन्द्रा नभएको र घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?