दार्चुला । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिनुभएकाे थियाे ।

शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उहाँले बताउनुभयाे ।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएकाे छैन् ।

तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?