चौलानी नदीमा मृत भेट्टिएकी महिलाको सोमबार पहिचान खुलेको छ ।

मृत भेट्टिनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीका ४१ बर्षीया हंसादेवी धामी हरनुभएकाे छ ।

ती महिलाका घरपरिवारको सदस्यले आएर शवको सनाखत गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

आइतबार दशरथचन्द नगरपालिका ६ सेरास्थित चौलानी नदी किनारमा ती महिलाको शव फेला परेको थियो ।

शवफेला परेपश्चात प्रहरीले बैतडी र दार्चुलाका सबै प्रहरी युनिटलाई हुलियासिहत खबर गरेको थियो ।

हुलियाको आधारमा ती महिलाका घरपरिवार आएर शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।

मृतक महिला असोज ७ गते एक्कासी घरबाट बेपत्ता भएका थिए ।

मृतकको शव परीक्षणपश्चात घरपरिवारको जिम्मा लगाइने भएकाे छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?