२ कराेड ५० लाख रुसी खाेप नेपाल ल्याउन सम्झौता

रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि सहमति भएको छ । दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ विज्ञप्तिमा भनिएकाे छ ।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

यो खोपको क्लिनिकल परीक्षणका क्रममा कुनै साइड इफेक्ट नदेखिएको बताइएको थियो । यो खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको थियो ।

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका ५० भन्दा धेरै देशले स्पुतनिक–५ को लागि आवेदन दिएका थिए । आरडीआईएफले यसअघि मेक्सिकोमा तीन करोड २० लाख, ब्राजिलमा पाँच करोड, भारतमा दश करोड र उज्वेकिस्तानमा तीन करोड २० लाख खोपको लागि सम्झौता भइसकेको बताएको थियो ।

सम्झौतापछि आरडीआईएफका सीईओ किरिल दिमित्रेभले भन्नुभयो, ‘ट्रिनिटी फर्मास्युटिकललाई सम्झौताका लागि धन्यवाद, नेपालका झण्डै ९० प्रतिशत जनसङ्ख्यालाई स्पुतनिक–५ उपलब्ध गराइनेछ ।’

ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भन्नुभयो, ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । ट्रिनिटी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेको छ । नेपाल सरकारले मञ्जुरी दिएलगत्तै खोप उपलब्ध गराइनेछ ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?