नेपाल–भारत हवाई उडानको तयारी

कोरोना भाइरसको महामारी कारण बन्द भएको नेपाल–भारत हवाई उडान फेरि सुरु गर्ने तयारी भएको छ । भारतले नियमित उडान सुरु गरिसकेको छैन । तर पनि दुई देशका नागरिक र अन्य निश्चित निकायका व्यक्ति मात्रै बोक्न पाउने गरी दुई देशबीच उडान सुरु गर्न भारतले नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतको प्रस्तावअनुसार दुई देशका एअरलाइन्सले पहिलेको भन्दा निकै थोरै सङ्ख्यामा उडान गर्ने र उडानमा नेपाल र भारतका नागरिक, कुटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि तथा विकास साझेदार नियोगका कर्मचारीले मात्रै उडान गर्न पाउनेछन् । यसलाई हवाई उड्डयनको भाषामा ‘एअर बबल ट्राभल’ भनिन्छ ।

‘लामो समयदेखि उडान नहुँदा नेपाल र भारतका नागरिकले अत्यावश्यक कामको लागि पनि एक अर्को देशमा जान नसकेको अवस्थालाई ध्यान दिएर उडान सुरु गर्न लागिएको हो, उडानमा दुई देशका नागरिक र कुटनीतिक नियोग तथा विकास नियोगमा कार्यरत तेस्रो देशका नागरिक र उनीहरुका परिवार मात्रै रहनेछन्’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले उज्यालो अनलाइनसँग भन्नुभयो ।

भारतले पठाएको ‘एअर बबल ट्राभल’ को प्रस्तावमा मन्त्रालयमा छलफल भइसकेको र यो प्रस्ताव सम्भवतः आजै मन्त्रिपरिषदमा दर्ता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले पारित गरेपछि नेपाल–भारत बीच हुने उडानको जहाज र उडान सङ्ख्याको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?