वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍याे

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ ।

बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले उहाँ विरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

प्रतिनिधि सभाको चुनावमा हार्नुभएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि गएको ५ गते अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । त्यसपछि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?