सरकारले शंकरदास बैगारीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिनुभयो ।
मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएकाे हो। कातिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिनुभएको थियो।
उहाँलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको भूसालले बताउनुभयो ।
पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उहा परराष्ट्र मन्त्रालयका सचिव हुन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




