नेकपाका दुई अध्यक्षको छलफल सकियो, भोलि ४ बजे सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारका पछिल्ला काम कारबाहीमा केन्द्रित रहेर छलफल भएको छ ।

अध्यक्षद्वय बीच भएको साढे १ घण्टा लामो छलफलले भोलि अर्थात शनिबार दिउँसो ४ बजे सचिवालय बैठक बोलाउने सहमति गरेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले बिहीबार सिफारिस गरेका राजदूत तथा मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा पनि अध्यक्षहरुबीच कुराकानी भएको बताइएको छ ।

बिहीबार बसेको मत्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?