सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिमका ९ वटै जिल्लामा शुक्रबार सम्म सात हजार ६ सय ४१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले सबैभन्दा बढि कैलालीमा दुई हजार पाँच सय बढि व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ भने दार्चुलामा सबैभन्दा कम एक सय ११ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका मध्ये ६ हजार चार सय ७४ जना संक्रमण मुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ।





प्रतिक्रिया