शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताउनुभएको छ ।
मन्त्री पोखरेलले नेपालका लागि एफ.एम रेडियोमार्फत शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विश्वसनीय आधार भएको दाबी गर्नुभयो ।
नेपालका ८० प्रतिशत नागरिकसँग रेडियोको पहुँच रहेकाले स्थानीयस्तरमा सञ्चालित रेडियोसँग समन्वय गर्दै पठनपाठनलाई निरन्तरता दिन पनि मन्त्री पोखरेलले पालिकाहरुलाई आग्रह गर्नुभयो ।
विश्वभरि नै वैकल्पिक विधिमार्फत पढाइ भइरहेको भन्दै उहाँले इन्टरनेटको सुविधा पुगेको ठाउँमा अनलाइन कक्षा र नपुगेको ठाउँमा रेडियोमार्फत नै पढाउनु अहिलेको विकल्प भएको बताउनुभयो ।





प्रतिक्रिया